logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यूजिल्याण्डमा अर्को हप्तादेखि कुनै प्रतिबन्ध नलाग्ने प्रधानमन्त्रीद्वारा सम्भावना व्यक्त


अंकुरण खबर
1.352K
Shares

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस महामारी रोकथामका लागि लगाइएको सबै प्रतिबन्धलाई अर्को हप्तादेखि हटाइने सम्भावना रहेको बताएकी छिन् ।

उनका अनुसार त्यसपछि देशमा ‘अलर्ट लेभल–वान’ जारी रहनेछ जसअनुसार सामाजिक दुरीको आवश्यकता हुनेछैन र मानिसहरुलाई जम्मा हुनबाट लगाइएको प्रतिबन्ध पनि हटाइनेछ ।

यद्यपि, उनले देशको सीमा हालका लागि बन्द हुने कुरा भने स्पष्ट पारेकी छिन् ।

मंगलबारको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘चाँडोभन्दा चाँडो कडा लकडाउन लागू गर्ने हाम्रो रणनीतिले फाइदा पुर्याएको छ । साँचो भन्ने हो भने यो आशा गरेभन्दा बढी हो ।’

प्रतिबन्ध कहिलेसम्म जारी रहनेछ रु यसबारे जसिन्डाको क्याबिनेटले २२ जूनमा निर्णय गर्दैथियो तर अब यो बैठक निश्चित मितिभन्दा अघि अर्थात् ८ जुनमा आयोजना गरिँदैछ ।

न्यूजिल्याण्डमा लगातार ११ औं दिन कोरोना भाइरसका कोही पनि नयाँ संक्रमित भेटिएका छैनन् ।

न्यूजिल्याण्डको सरकारले यो लगभग सात हप्ता लामो कडा लकडाउनका कारण सम्भव हुन सकेको छ जसलाई न्यूजिल्याण्डका नागरिकले निकै गम्भीरताका लागि पालना गरे । बीबीसी