logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानको पूर्वी सीमामा बम बिस्फोट


अंकुरण खबर
1.144K
Shares

पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ।

प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी चढेको कारलाई लक्षित गरी उक्त बिस्फोट गराइएको सुरक्षा स्रोतले जनाएको छ।

पाकिस्तान–अफगानिस्तानको यो सीमाक्षेत्र मुलुकमै सबैभन्दा डरलाग्दो मानिन्छ। गत मे महिनामा पनि तालिबान समूहको आक्रमणमा यहाँ १४ जना अफगान सैनिकको ज्यान गएको थियो।

स्रोतका अनुसार बिस्फोटबाट अरु दुई जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले भने उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेको छ।