अमेरिकी विदेश मन्त्रालयले पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाहरूबीच भएको हिंसात्मक भिडन्तपछि अमेरिकाले यस परिस्थितिलाई नियालेर हेरिरहेको जनाएको छ।
अमेरिकी विदेश मन्त्रालये यो विवादलाई शान्तिपूर्ण रूपमा सुल्झाइने विश्वास समेत गरेको छ।
विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ‘वास्तविक नियन्त्रण रेखामा भारत र चीनियाँ सेनाको बीचको तनावलाई हामी राम्ररी हेरिरहेका छौं।’
भारतीय सेनाले आफ्ना २० सैनिक मारिएको घोषणा गरेको भन्दै विदेशमन्त्रालयेल उनीहरुका परिवारप्रति संवेदना व्यक्त गरेको छ।
प्रवक्ताले भारत र चीन दुवैले तनाव कम गर्ने चाहना व्यक्त गरेको र अमेरिकाले वर्तमान स्थितिको शान्तिपूर्ण समाधानलाई समर्थन गर्ने उल्लेख गरेका छन्।
उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच २ जुनमा फोनवार्ता भएको र भारत चीन सीमाको स्थितिबारे छलफल भएको जनाएका छन्।
पूर्वी लद्दाखको गलवान भ्यालीमा सोमबार हात हालाहाल हुँदा २० भारतीय सैनिक मारिएका हुन। चीन तर्फ पनि क्षति भएको बताइएको छ। तर, कति क्षति भयो भन्नेबारे पुष्टि हुन सकेको छैन।