logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत–चीनबिचको झडपमा परी मृत्यु भएका बीस सैनिकको सनाखत


अंकुरण खबर
1.144K
Shares

भारत–चीनको सैनिक बिच सोमबार राती गलवान भ्यालीमा भएको हिंस्रक झडपमा परी भारतको २० जवानको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

ती सबै जनाको सनाखत भईसकेको छ । गलवानमा एक कम्पनी र पाँच रेजिमेन्टका सेना खटिएका थिए ।

ती मध्य सबै भन्दा बढी क्षती १६ बिहार रेजिमेन्टको भएको भनिएको छ । जसमा १२ जना सेनाले मृत्यु वरण गरेको सेनाले जनाएको छ । ३ नम्बर पञ्जाव रेजिमेंन्टको ३ जना, ३ नम्बर मीडियम रेजिमेन्टको २ जना, १२ नम्बर बिहार रेजिमेन्टको १ जना, ८१ नम्बर माउन्ट बिग्रे सिग्नल कम्पनीको १ जना र ८१ नम्बर फिल्ड रेजिमेन्टको १ गरी २० जनाको मृत्यु भएको जनाईएको छ ।

झडपमा मृत्यु भएका सैनिक अधिकारी कर्नल सन्तोष बाबु १६ नम्बर बिहार रेजिमेन्टको भएको खुलाएको छ ।