logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना रेकर्डः ब्राजिलमा एकै दिन भेटिए ३५ हजार कोरोनाभाइरस संक्रमित


अंकुरण खबर
910
Shares

विश्वमा महामारी बनेको कोरोनाभाइरसका कारण ल्याटिन अमेरिकी देश ब्राजिल नराम्रोसँग प्रभावित भएको छ ।

ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्र ३४ हजार ९ सय १८ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या ९ लाख २३ हजारभन्दा धेरै भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घन्टामा १२८२ जनाको ज्यान कोभिड १९ का कारण गएको छ । योसँगै अब ब्राजिलमा मृत्यु हुनेको संख्या ४५ हजार २ सय ४१ पुगेको छ ।

अब संक्रमित संख्या र मृत्युको संख्यामा ब्राजिल अमेरिकापछि दोस्रो नम्बरमा आएको छ । एजेन्सी