logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुशान्त आत्महत्या प्रकरणमा मुछिएपछि करण जोहरका एकपछि अर्को रहस्यमय काम


अंकुरण खबर
936
Shares

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा फिल्म निमार्ता करण जोहरको नाम पनि मुछिएको छ।

सुशान्तको आत्महत्या प्रकरणमा मुछिएपछि निर्माता जोहरले एकपछि अर्को रहस्यमय कदम उठाएका छन्। उनले एकपछि अर्को रहस्यमय गतिविधिहरु गर्न थालेपछि शंकाको सुई उनीतिरै तेर्छिएको छ।

सामाजिक सञ्जालमा उनले माइक्रोब्लगिङ साइटमा थुप्रै अकाउन्ट अनफलो गरेलगत्तै आफ्नो मोबाइल नम्बर पनि परिवर्तन गरेका छन्। भारतीय मिडिया दैनिक भास्करले प्रकाशन गरेको समाचार अनुसार उनले आफ्नो मोबाइल नम्बर अचानक परिवर्तन गरेका हुन्। उनका यस्ता गतिविधिले उनीमाथि उठेको प्रश्न झनै गम्भीर भन्दै गएको छ।

सुशान्तका फ्यानले परिवार र नातावादको विषयमा बलिउड निर्माता जोहरमाथि आक्रोश पोखिरहेका बेला उनले यस्ता शंकास्पद क्रियाकलाप गरेको समाचारमा जनाइएको छ। ट्वीटरमा ‘अनफलो करण जोहर’ ट्रेन्ड चलिरहेका बेला करण जोहरले पनि यस्तो कदम उठाएका हुन्।

करण जौहरले सुशान्तलाई मुख्य भूमिका दिएर फिल्म ‘ड्राइभ’ निर्माण गरेका थिए । यो फिल्ममा ज्याकलिन फर्नान्डिज पनि थिइन् । तर, यो फिल्म सुरुमा १ देखि २ वर्षसम्म अड्काएर राखिएको थियो। त्यसपछि यो फिल्म रिलिज त भयो तर सिनेमाघरमा रिलिज भएन। यो फिल्म नेटफ्लिक्समा रिलिज गरियो। यो घटनाका कारण पनि करणमाथि सुशान्तको करिअर समाप्त पार्न खोजेको आरोप लागेको छ।