बंगलादेशमा विगत २४ घण्टामा कोभिड–१९ संक्रमण पुष्टि हुने बिरामीको संख्या ३ हजार २४३ जना पुगेका छन् ।
अहिलेसम्म १ लाख ५ हजार ५३५ जना कोरोना संक्रमित पुष्टि भएको छ । मृत्यु हुनेको संख्या १ हजार ३८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
बंगलादेशमा विगत २४ घण्टामा देशभर कुल १५ हजार ४५ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ । यो समयमा २ हजार ७४१ जना निको भई घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४२ हजार ९४५ जना पुगेको छ । सिन्ह्वा