logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इरानसँग वार्ता गर्न अमेरिका इच्छुक


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

फ्रान्समा जारी जी सेभेन राष्ट्रहरुको बैठक चलिरहेका बेला आइतबार इरानी विदेशमन्त्री उक्त बैठकमा पुगेपछि राष्ट्रपति ट्रम्पले आफू इरानसँग वार्ताका लागि तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इरानको परमाणु गतिविधि कम गर्नेबारेमा सन् २०१५ मा भएको सम्झौताबाट गत वर्ष अमेरिका पछि हटेपछि दुवै देशको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति ट्रम्ले इरानसँग परमाणु गतिविधिबारे नयाँ सम्झौता गरेर अघि बढ्न चाहेको समेत बीबीसीले जनाएको छ ।

इरानले आणविक हतियार नष्ट गरे उसैका लागि भलाइ हुने राष्ट्रपति ट्रम्पको भनाइ छ । एजेन्सी