logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोनाबाट एक करोडभन्दा बढी संक्रमित हुँदा ५८ लाख निको भए


अंकुरण खबर
650
Shares

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६ लाख ९ हजार ६६५ पुगेको छ।

साथै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हालसम्म ५ लाख १४ हजार ४४८ पुगेको छ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २७ लाख २७ हजार ९९६ जना संक्रमित भएका छन् भने १ लाख ३० हजार १२३ जनाको मृत्यु भइसकेको छ।

यस्तै ब्राजिलमा १४ लाख ८ हजार ४८५ जना संक्रमित भएका छन् भने ५९ हजार ६५६ जनाको मृत्यु भएको छ। रुसमा ६ लाख ५४ हजार ४०५ संक्रमित भएका छन् भने ९ हजार ५३६ जनाले ज्यान गुमाएका छन्।

यसैगरी कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा ५ लाख ८६ हजार ९५६ संक्रमित भएका छन् भने १७ हजार ४१७ जनाको मृत्यु भएको छ।

बेलायतमा ३ लाख १२ हजार ६५४ संक्रमित भएका छन् भने ४३ हजार ७३० जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ४० हजार ५७८ संक्रमित छन् भने ३४ हजार ७६७ जनाको मृत्यु भइसकेको छ।

विश्वभर हालसम्म ५८ लाख १७ हजार ८६९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।