logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो


अंकुरण खबर
780
Shares

वर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरूको संख्या कम्तीमा ५८ पुगेको छ।

बाढीले जापानको दक्षिणी क्षेत्रका सयौं वस्ती तथा घरहरू डुबानमा परेको र ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरू पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि अवरुद्ध भएको देखाइएको छ।

प्रभावित क्षेत्रका सयौं नागरिकहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरू ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नुपर्ने सुझाव दिइएको छ।

तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरूले जनाएका छन्।

जापानमा हरेक वर्ष बाढी, पहिरोमा परेर सयौंको मृत्यु हुने गरेको छ। विशेष गरेर वर्षायामको बेलामा यस्ता घटना धेरै हुने गरेका छन्।

यसअघि सन् २०१८ मा पनि बाढी पहिरोमा परी दक्षिणी क्षेत्रमा २०० भन्दा धेरैको मृत्यु भएको थियो। ती मध्ये झण्डै आधाको हिरोसिमामा मृत्यु भएको थियो । रासस/एपी