logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिए


अंकुरण खबर
1.066K
Shares

हिजो मात्रै पक्राउ परेका भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन्।

मध्यप्रदेशमा पक्राउ परेका उनलाई प्रहरीले कानपुर लैजाने क्रममा आज बिहान ७ बजे गाडी दुर्घटना भएको हो।

सो क्रममा दुवे प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि जवाफी कारवाहीको क्रममा मारिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुवेको छाती र कम्मरमा गोली लागेको छ। अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा उनको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ।

भारतको कानपुरमा दुवेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि कारवाही गर्दा एक डीएसपीसहित ८ जना प्रहरीको हत्या गरी दुवे फरार थिए। प्रहरीले दुवेलाई पक्राउ गर्न अपरेसन नै चलाएको थियो।