logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फोटोग्राफरले बनाए क्यामेरा जस्तै घर, बच्चाको नाम राखे इप्सन, क्यानन र निकोन


अंकुरण खबर
1.625K
Shares

हरेक मानिससँग केही न केही क्षमता हुन्छ। कसैमा नृत्य गर्ने कला हुन्छ त कसैमा तस्बिर खिच्ने। अर्थात्, हरेक मानिसमा अलग–अलग किसिमका कला र क्षमता हुन्छन्। तर, कयौं पटक मानिसका यिनै कला पनि ‘पागलपन’को रुप लिन सक्छन्।

एक फोटोग्राफर हुन्, रवि होंगल। उनमा फोटोग्राफीप्रति लगाव यति धेरै छ कि उनले आफ्नो घर क्यामेराजस्तै बनाएका छन्।

‘टाइम्स अफ इन्डिया’का अनुसार रवि कर्नाटकको बेलगाम निवासी हुन्। उनमा बाल्यकालदेखि नै फोटोग्राफीप्रतिको लगाव बढेको थियो। यहाँसम्मकी उनले आफ्नो घर नै क्यामेराजस्तै डिजाइन गरेका छन्। टाढाबाट हेर्दा लाग्छ– मानौ कोही क्यामेरा नै राखिएको छ।

उनले घरको नाम पनि ‘क्लिक’ राखेका छन्। यति मात्र होइन, उनले आफ्ना तीन बच्चाको नाम पनि क्यामेरा उत्पादक कम्पनीको नामबाट राखेका छन्, ‘इप्सन’, ‘क्यानन’ र ‘निकोन’।

नवभारतटाइम्स