logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमिताभ र अभिषेकसँगै काम गरिरहेका अमित साधको कोरोना नेगेटिभ


अंकुरण खबर
1.898K
Shares

बलिउड महानायक अमिताभ र अभिषेकसँग वेव सिरिजमा काम गरेका अभिनेता अमित साधले पनि कोरोना परीक्षण गराएका छन् ।

केही दिनदेखि उक्त सिरिजको डबिङमा एउटै स्टुडियो प्रयोग गरेका उनले अमिताभ र अभिषेकमा कोरोना पोजेटिभ देखिएपछि आफ्नो पनि परीक्षण गराएका हुन् ।

कोरोना परीक्षण नेगेटिभ आएकोमा खुसी व्यक्त गर्दै अमितले ट्विट गरेका छन् । उनले लेखेका छन्, “तपाईं सबैको प्रार्थना र चिन्ताका लागि धन्यवाद । मेरो रिपोर्ट नेगेटिभ आएको छ भनेर खुसी हुँदै सुनाउने यो एकमात्रै समय हो । यो कोरोनासँग लडिरहेका सबैका लागि मेरो प्रार्थना छ । यो समयमा एकजुट हुनु एकमात्रै ताकत हो । ”

अभिनेता अमिताभ र अभिषेकलाई शनिबार कोरोना संक्रमण भएको थियो । उनीहरू अहिले नानावटी अस्पतालमा उपचार्थ छन् ।

ऐश्वर्या र छोरी आरध्या भने जलसाको रिपोर्ट आइतबार आएको थियो । उनीहरु जलसास्थित आफ्नै बंगलामा क्वारेन्टिनमा छन् । एजेन्सी