logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमिताभको स्वास्थ्य सुधारोन्मुख


अंकुरण खबर
1.235K
Shares

कोरोनाभाइरस संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवारको स्वास्थ्यमा सुधार आएको भारतीय मिडियाले जनाएका छन् ।

एबिपी टिभीको अललाइनमा लेखिएअनुसार अमिताभको फोक्सोमा जमेको कफमा ९० प्रतिशत सुधार भएको छ । उनको अक्सिजन लेभल पनि रहेको तथा औषधिले पनि उनलाई राम्रो काम गरेको बताइएको छ ।

साथै, अभिषेक, ऐश्यर्या राय लगायत परिवारका अन्य सदस्यको स्वास्थ्यमा पनि ब्यापक सुधार आएरहेको एबिपीले जनाएको छ ।

बच्चन र उनको परिवारका केही सदस्यलाई गत शनिबार कोरोना संक्रमण देखिएको थियो । उनीहरु सोही दिन नै आइशोलेसन वार्डमा भर्ना भएका थिए ।