logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तर कोरियामा भेटिए कोरोनाका पहिलो शंकास्पद संक्रमित


अंकुरण खबर
1.495K
Shares

उत्तर कोरियामा कोरोना भाइरस (कोभिड–१९) का पहिलो शंकास्पद संक्रमित फेला परेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्थाले पहिलो शंकास्पद संक्रमित फेला परेसँगै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आपतकालीन बैठ बोलाएका छन् ।

समाचारमा उल्लेख गरिएअनुसार शंकास्पद संक्रमित दक्षिण कोरियाबाट अवैधरुपमा फर्किएका व्यक्ति हुन् । उनी सीमावर्ती सहर काएसोङमा फेला परेका हुन् ।

शंकास्पद व्यक्तिको मेडिकल जाँचपछि अहिले उनलाई क्वारेन्टिनमा राखिएको छ । साथै उनीसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा राखिएको छ ।

किम जोङ उनले शंकास्पद संक्रमित भेटिएको वरपरका क्षेत्रहरुमा आपतकाल घोषणा गरेका छन् ।

स्रोत : सीएनएन