logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि ऐश्वर्या र आराध्या डिस्चार्ज, अमिताभ र अभिषेक अस्पतालमै


अंकुरण खबर
1.586K
Shares

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोनाभाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भएका भारतीय संचार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । ऐश्वर्या र आराध्या डिस्चार्ज भएको अभिषेक बच्चनले पुष्टि गरेका छन् ।

सामाजिक संजाल ट्वीट गर्दै उनले आफ्नो श्रीमती ऐश्वर्या र र छोरी आराध्याको कोरोना परिक्षणको रिपोर्ट नेगटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको जानकारी दिएका हुन् । तर, अमिताभ र अभिषेक भने अझैपनि अस्पतालमै छन् ।

जुलाई ११ देखि अमिताभ र अभिषेक अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र आराध्यालाई हल्का लक्षण देखापरेपछि जुलाई १२ मा अस्पतालमा भर्ना गरिएको थियो ।