logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमित १५ लाख नाघे


अंकुरण खबर
507
Shares

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र ४८ हजार ५१३ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ३४ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७६८ जनाको मृत्यु भएको हो ।

संक्रमित संख्याको आधारमा भारतको महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित देखिएका छन् । अहिलेसम्म भारतमा कोरोना भाइरसका नौ लाख ८८ हजारभन्दा धेरै संक्रमित डिस्चार्ज भइसकेका छन् ।