logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको छ : राष्ट्रपति सी


अंकुरण खबर
598
Shares

चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाल चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन ।

उनले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिदै उनले दुई देशबिचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको उल्लेख गरेका हुन् ।

आज जारी सन्देशमा सीले आफु दुई देशबीच निरन्तर विकसित हुँदैआएको द्विपक्षीय सम्बन्धलाई अग्रगति दिन नेपाली समकक्षी भण्डारीसँग संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताएका छन । चिनिया राष्ट्रपतिले दुई देशका जनतामाझ व्यापक लाभ हासिल गर्न तथा क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न आफू तयार रहेको समेत उल्लेख गरेकका छन् ।

नेपाल–चीन सम्बन्धको इतिहास पुरानो रहेको स्मरण गर्दै उनले यो सम्बन्ध समयकाल अनुसार नयाँ पनि बन्दै जाने बताएका छन् । दुई देश हरेक सहज–असहज परिवेशमा साथमा रहेको सीले सन्देशमा उल्लेख गरेका छन् ।