logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमिताभ बच्चनले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज


अंकुरण खबर
1.625K
Shares

भारतीय सिनेमाका महानायक भनिने अमिताभ बच्चन कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले आफ्नो कोरोना परीक्षण नेगेटिभ आएको र अस्पतालबाट डिस्चार्ज भएको बताएका हुन् । उनले आफू घर फर्के पनि क्वारेन्टाइनमै बस्ने बताएका छन् ।

उनीलगायत उनका छोरा अभिषेक बच्चनलाई पनि गत असार २८ गते कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो ।

आजै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भने उत्तर प्रदेशकी एक मन्त्रीको कोरोनाका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।