अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको बताएका छन् ।
पत्रकारसँग उनले एक साता यता नयाँ संक्रमितको संख्यामा ६ प्रतिशतले कमी भएको बताएका हुन् ।
बीबीसीले जनाए अनुसार राष्ट्रपति ट्रम्ले अमेरिकामा संक्रमणको स्थिति सुध्रदै गएको दावी गरेका छन् । भने,’अमेरिकामा मर्ने संक्रमितको संख्या कम छ। मृतकको हकमा अमेरिका युरोपभन्दा राम्रो छ ।‘
ट्रम्पले देशमा महामारीको अवस्था सुध्रेको भन्दै गर्दा त्यहाँ संक्रमणकै कारण मर्नेको संख्या एक लाख ५५ हजार पुगिसकेको छ । संक्रमितको संख्या ४७ लाख रहेको छ ।