logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन थपिए ५१ हजार कोरोना संक्रमित


अंकुरण खबर
1.352K
Shares

भारतमा कोरोना भाइरस एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार ८२० पुगेको छ । १२ लाख ८१ हजार ६६० जना उपचारपछि निको भएका छन् ।

त्यस्तै ५ लाख ८५ हजार १३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचाररत ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । १ करोड १९ लाख ७ हजार ३०९ जना उपचारपछि निको भएका छन् ।