logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लेवनान विष्फोट : बन्दरगाहका अधिकारीहरू नजरबन्दमा, मृत्यु हुनेको संख्या १३५ पुग्यो


अंकुरण खबर
1.417K
Shares

लेबनानको बेरुतमा भएको ठूलो विष्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई नजरबन्दमा राखिएको छ ।

मंगलबार भएको विष्फोटनमा कम्तीमा १ सय ३५ जनाको मृत्यु भएपछि सरकारले उनीहरूलाई नजरबन्दमा राखेको हो । घाइतेको संख्या चार हजारभन्दा बढी छ ।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्ति भनेका छन् । उनले एक टेलिभिजनमा सम्बोधन गर्दै घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विष्फोटन भएको हो । मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेरुतमा अघिल्लो रातको आतंक शब्दमा बयान गर्न नसकिने बताएका छन् ।

विष्फोटनपछि तीन लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विष्फोटनका कारण घरबारविहीन भएपछि उनीहरू विस्थापित हुनु परेको हो । स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरूको विवरण संकलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताए ।

घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना प्रकट भइरहेका छन् । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् । एजेन्सी