logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक


अंकुरण खबर
624
Shares

भारतमा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६३ हजार ४८९ नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म भारतमा १८ लाख ६२ हजार २५८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अझै ६ लाख ७७ हजार ४४४ संक्रमित निको हुन बाँकी छन् ।