logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रेमीको गिफ्टबाट काइलीले मच्चाइन् इन्टरनेटमा तहल्का


अंकुरण खबर
1.365K
Shares

हलिउड स्टार काइली जेनरले हालै आफ्नो २३ औं जन्मदिन मनाएकी छन् । यो जन्मदिन उनका लागि निकै खास समेत रह्यो ।

जन्मदिनको अवसरमा उनले प्रेमीबाट निकै राम्रो ड्रेस उपहारका रुपमा पाएकी छन् । जुन ड्रेसमा खिचिएको बोल्ट अन्दाजका तस्बिर अहिले उनले इन्टरनेटमा शेयर गरेकी छन् । जसलाई फ्यानले निकै मन पराएका छन् ।

काइलीले तस्बिर इस्टाग्राममार्फत शेयर गरेकी हुन् । तस्बिरका साथ उनले ड्रेस गिफ्ट दिनेलाई प्यारा भन्दै धन्यवाद दिएकी छन् ।  ड्रेस मल्टीकलरको मिनी शार्ट रहेको छ । जसले काइलीलाई हट एण्ड सेक्सी समेत देखाएको छ । ड्रेसका साथ न्युड मेकअप र ओपन हेयर्समा काइली निकै आकर्षक देखिएकी छन् ।

यस लुकमा उनका केही तस्बिर सार्वजनिक भएका छन् । जसलाई फ्यानले कमेन्ट र तारिफका बर्षा गरेका छन् । काइली शोसल मिडियामा पनि निकै सक्रिय रहने अभिनेत्री हुन् । उनी हरहमेसा आफ्नो सुन्दर तस्बिर शेयर गर्ने गर्दछिन् । जसलाई छिट्टै धेरै लाइक समेत मिल्ने गरेको छ । एजेन्सी