logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्‍ट्रेलियामा नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन


अंकुरण खबर
1.209K
Shares

अष्‍ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोनाविरुद्धको भ्याक्सिन आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराइने घोषणा गरेका छन् ।

यो विश्वमहामारीले अष्‍ट्रेलियामात्र होइन संसारकै अर्थव्यवस्था तहसनहस पारिरहेको अहिलेको अवस्थामा अष्‍ट्रेलिया सरकारले महत्वपूर्ण घोषणा गरेको हो ।

अष्‍ट्रेलियाले औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग कोभिड-१९ को सम्भावित भ्याक्सिनका लागि सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्रधानमन्त्री मरिसनले मंगलबार भने, ‘‘औषधि आपूर्ति गर्ने देशसँग सम्झौता गर्नुपर्छ नै ।’’

एक रिपोर्ट अनुसार एस्ट्राजेनेका प्रभावकारी भ्याक्सिन निर्माणको दौडमा सबैभन्दा अगाडि छ । सोही कम्पनीसँग अष्‍ट्रेलियाले आफूलाई आवश्यक पर्ने भ्याक्सिनको डोजका लागि आशयपत्रमा हस्ताक्षर गरेको हो ।

प्रधानमन्त्री मरिसनले भने, ‘‘यो सम्झौताले हामीले अष्‍ट्रेलियाका लागि भ्याक्सिनमा चाँडो पहुँच बनाएका छौं । यदि यो भ्याक्सिन सफल भयो भने हामी आफैं पनि भ्याक्सिन निर्माण गर्ने छौं। हाम्रा जनतालाई निःशुल्क उपलब्ध गराउने छौं ।’’ एजेन्सी