logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीबीआईको कठघरामा रिया चक्रवर्ती, सुशान्तलाई किन छाडिन ? आज सोधपुछ हुँदै


अंकुरण खबर
767
Shares

सुशान्त आत्महत्या प्रकरणमा उनकी प्रेमिका रिया चक्रवर्तीमाथि सीबीआईको अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको छ ।

सीबीआईले यस केसमा रिया चक्रवर्तीलाई सोधपुछ गर्ने छ। रियालाई सीबीआई मार्फत सोधपुछका लागि सोमबार बोलाइने आजतकले जनाएको छ।

रियामाथि सुशान्त केसमा धेरै प्रकारको आरोप लगाइएको छ। सुशान्तका बुबा केके सिंहको एफआईआरमा रियामा धेरै गम्भीर आरोप लगाइएको छ।

रियाललाई सुशान्तमाथि ब्ल्याकमेल गर्नदेखि खाताबाट पैसा निकालेको आरोप लगाइएको छ। रियाले सुशान्तको खाताबाट १५ करोड निकालेको पनि दावी गरिएको छ।

यस बाहेक, रियाले सुशान्तलाई परिवारबाट अलग गर्ने प्रयास गरेको सुशान्तका बुबाले उजुरीमा उल्लेख गरेका छन् । रियाले सुशान्तलाई कसैलाई पनि भेट्न अनुमति दिइनन् । अब सीबीआई रियासँग यी सबै पक्षको जवाफ माग्दै छ ।

यस समयमा सम्पूर्ण केस रिया वरिपरि घुम्दैछ। यस बाहेक, सोशल मीडियामा रियाको फिल्म निर्देशक महेश भट्टसँगको कुराकानी पनि भाइरल बनेको छ । भाइरल च्याट हेरेपछि यो कुरा खुल्यो कि रिया आफैले सुशान्तलाई छाडिन ।

उनी आफैं सुशान्तको घरबाट बाहिर आईन्। उनले यो सबै महेश भट्टको आदेशमा गरिन । यस्तो अवस्थामा सीबीआईले रियालाई धेरै कडा प्रश्नहरू सोध्न सक्छ।