logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो


अंकुरण खबर
858
Shares

भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ ।

जोन हप्किन्स विश्व विद्यालयले जारी गरेको तथ्यांकअनुसार भारतमा हालसम्म ३१ लाख ६७ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

भारतमा एकैदिन ६१ हजार ४०८ संक्रमित थपिएका छन् । विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा रहेको छ ।

यस्तै भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार ३ सय ९० पुगेको छ ।