logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुशान्तका पिताले भने, ‘मेरो छोरालाई विष खुवाइयो’: रियाले भनिन्, ‘म र मेरो परिवारलाई ज्यानको खतरा’


अंकुरण खबर
3.614K
Shares

सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् ।

उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर सजाय दिनुपर्छ ।’

रियाले प्रहरीसँग सुरक्षा मागिन्ः

नायिकाले बिहिबार इन्स्टाग्राम पोस्टमा भनिन्, ‘मलाई र मेरो परिवारलाई ज्यानको खतरा छ । हामीले प्रहरीलाई बताएका छौं तर कसैले केही मद्दत गरेनन् । अनुसन्धान एजेन्सीसँग पनि मद्दत मागियो तर कुनै फाइदा भएन । मुम्बई प्रहरीलाई हाम्रो सुरक्षाका लागि अपिल गर्दछौं ता कि अनुसन्धान एजेन्सीलाई सहयोग गर्न सकूँ ।’

सिबिआई आज रियासँग सोधपुछ गर्नसक्छः

सिबिआईले रियाका भाइ शोविकसँग सोधपुछ गरिरहेको छ । पिता इन्द्रजीत चक्रवर्तीलाई पनि सोधपुछका लागि पत्राचार गरिएको छ । रियासँग बिहिबार नै सवाल–जवाफ गर्ने सम्भावना छ ।

सुशान्तका रुममेट सिद्धार्थ पिठानीसँग सिबिआईले लगातार पाँचौं दिन सोधपुछ गरिरहेको छ । अनुसन्धान एजेन्सीले आज एक महिलालाई बोलाएको छ । यी महिला को हुन्, यसबारे केही जानकारी छैन । एजेन्सी