logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो झडपमा भारतीय सैनिक मारिएका छैनन् : चीन


अंकुरण खबर
702
Shares

पूर्वी लद्दाखमा शनिवार भएको झडपमा भारतीय सैनिक नमारिएको चीनले प्रस्ट पारेको छ ।

लद्दाखमा चीनका सेनासँग भएको झडपमा भाररतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गर्दै समाचार सार्वजनिक भएको थियो।

गत शनिवार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा ती सैनिक मारिएको समाचार बेलायती पत्रिका द गार्डियनले लेखेको थियो।

बुधबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले आफूलाई प्राप्त जानकारी अनुसार भारतीय सैनिक नमारिएको स्पष्ट पारेकी छन्।

सीमामा तनाव बढेपछि भारत र चीनबीच जारी सीमा विवादको विषयमा बुधबार कमाण्डरस्तरमा वार्ता भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

विवादित पाङगोङ सो ताल नजिकैको मोल्दो भन्ने क्षेत्रमा वार्ता भइरहेको बताइएको छ।

चिनियाँ सेनाले यस विवादित क्षेत्रमा गत शनिबार राति प्रवेश गर्न खोजेको भारतले आरोप लगाएसँगै कमाण्डरस्तरको वार्ता भइरहेको हो। एजेन्सी