भारतको चर्चित टेलिसिरियल अभिनेत्री सुरेखा सीकरीलाई मस्तिष्कको पक्षघात भएको छ ।
भारतीय मिडियाका अनुसार चर्चित टेलिसिरियल ‘बालिका बधु’ मा मुख्य भुमिका निभाएकी सुरेखालाई मंगलबार बिहान मस्तिष्कको पक्षघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
उनलाई मुम्बईको मुम्बई क्रिटी केयर अस्पतालको आईसियूमा भर्ना गरिएको जनाइएको छ । केही चलचित्रमा पनि अभिनय गरेकी सुरेखालाई टेलिसिरियल ‘बालिका वधू’ मा हजुरआमाको भूमिका धेरै नै रुचाइएको छ ।
उनी २०१९ को फिल्म बधाई मा राष्ट्रिय पुरस्कार विजेता बनेकी थिइन् । उनी यसअघि सुटिङको समयमा पनि लडेकी थिइन् ।
सुरेखालाई अचानक मंगलबार मस्तिष्क घात भएपछि अस्पताल लगिएको थियो । अस्पताल भर्ना भएकी सुरेखालाई भारतीय कलाकारहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।