logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिकटक ब्यान गर्ने ट्रम्पको आदेशमा अदालतले लगायो रोक


अंकुरण खबर
988
Shares

अमेरिकामा भिडियो सेयरिङ एप टिकटक ब्यान गर्ने आदेश जारी गरेका थिए, राष्ट्रपति डोनाल्ड ट्रम्पले। प्रतिबन्ध लागू हुनुअघि वासिङ्टन जिल्ला अदालतका न्यायाधिस कार्ल निकोलसले उक्त आदेशमाथि रोक लगाएका छन्।

टिकटक सञ्चालक कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोक लगाइएको हो । सुनुवाइको समयमा कम्पनीका वकिलले घोषित प्रतिबन्ध बारे भने स् यो आदेश तर्कहीन छ। छलफल भइरहेको विषय हो। टिकटक तत्काल प्रतिबन्ध हुँदैन।

उनले कम्पनीको अधिकारका लागि लड्ने बताएका छन्। मुद्धामाथिको अन्तिम फैसला केही समय पछि हुने बीबीसीमा जनाइएको छ।

हाल पहिल्यैदेखि सक्रिय प्रयोगकर्ताका लागि टिकटक उपलब्ध छ। नयाँ डाउनलोडमा भने रोक लगाइएको छ।