रुसले कोभिड-१९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल पठाउने भएको छ ।
रुसी राष्ट्रिय सम्पत्ति कोषले ट्रिनिटी फार्मस्युटिकल्समार्फत नेपालमा उक्त औषधी पठाउने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
रुसले उत्पादन गरेको कोरोनाभाइरसविरुद्दको भ्याक्सिन अहिले परीक्षणकै क्रममा छ ।
कोषले ट्रिनिटी फार्मस्युटिकल्सलाई यस क्षेत्रको आधिकारीक वितरक भएको बताएको छ । साथै कोषले ट्रिनिटीमार्फत भारतमा १० करोड डोज भ्याक्सिन सप्लाइ गर्नेछ ।
यहाँ यसको क्लिनिकल ट्रायलको अपेक्षासमेत रुसले गरेको रोयटर्सले उल्लेख गरेको छ ।