कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा ‘रेमडिसिभिर’ औषधिको प्रयोग गरिएको छ ।
इन्जेक्समार्फत् ट्रम्पलाई रेमडिसिभिर दिइएको ह्वाइट हाउसलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ट्रम्प हाल म्यारिल्यान्डस्थित वाल्टर रिड नेस्नल मिलिटेरी मेडिकल सेन्टरमा उपचाररत छन् ।
ट्रम्पलाई रेमडिसिभिरको पहिलो डोज दिइएपछि उनी अहिले आरामसँग बसिरहेको र अवस्था सामान्य समाचारमा जनाइएको छ ।
उनलाई कुनै अक्सिजनको खाँचो नभएको बताइएको छ। ट्रम्पसँगै उनकी श्रीमती मलेनियामा पनि कोरोना पुष्टि भएपछि उनी सोही अस्पतालमा भर्ना भएकी छिन् ।
राष्ट्रपति ट्रम्पले आफू ठिक हुँदै गइरहेको ट्विट मार्फत जनाएका छन् । यसैबीच, ट्रम्पको चुनाव प्रचार टोलीका संयोजक बिल स्टेफिनमा पनि कोरोना पुष्टि भएको छ ।