logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पको स्वास्थ्य अवस्थाबारे अस्पतालले दियो विवादस्पद


अंकुरण खबर
832
Shares

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले विवादास्पद तथा अस्पष्ट जानकारी सार्वजनिक गरेको छ ।

उनी उपचार गराइरहेको वाल्टर रीड मेडिकल सेन्टरले संक्रमणपछिको उपचार यसअघि जानकारी दिइएको भन्दा एक दिन पहिले नै शुरु भएको जानकारी दिएको हो ।

एक दिन पहिले नै संक्रमण भएको थाहा भएपछि पनि ट्रम्प फण्डरेजर कार्यक्रममा सहभागी भएको देखिएपछि त्यसबारे अमेरिकी सञ्चारमाध्यमले प्रश्न उठाएका छन् । तर डाक्टर सन कोन्लीले स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा उपचारको समय क्रमबारे भूलबस एक दिन पहिले नै हुने खालको कुरा बोलेको बताएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सकले ट्रम्पको स्वास्थ्य ‘राम्रो’ रहेको बताएका छन् । ट्रम्पलाई अक्सिजन नदिइएको र २४ घण्टासम्म उनलाई ज्वरो नआएको चिकित्सकको भनाइ छ । ट्रम्पले पनि भिडियो सन्देश जारी गरेर आफूले राम्रो महसुस गर्न थालेको बताएका छन् ।

उता ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गरेको कामलाई लिएर आलोचना गर्ने अवस्थामा नरहेको बताएका छन् ।

ट्रम्प आफैं कोरोना भाइरसबाट संक्रमित भएर उपचारको क्रममा रहेकाले व्यक्तिगत रुपमा महामारी नियन्त्रणमा उनको कमजोर प्रयासलाई लिएर आलोचना नगर्ने बाइडेनले बताएका हुन् ।

ट्रम्पले लगातार कोरोना भाइरसलाई गम्भीर रुपमा लिएका थिएनन् । उनले कोरोना भाइरसलाई समान्य फ्लू जस्तो भन्दै आएका थिए ।अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन् । एजेन्सी