logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिनमा ७४ हजार ४४२ जना कोरोना संक्रमित, मृतकको संख्या १ लाख २ हजार नाघ्यो


अंकुरण खबर
1.469K
Shares

भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसंगै भारतमा कुल संक्रमितको कुल संख्या ६६ लाख २३ हजार ८१५ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी भारतमा सो अवधिभर ९ सय ३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघिसकेको छ ।

त्यस्तै बितेको २४ घण्टामा ७६ हजार ७३७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन । योसंगै भारतमा ५५ लाख ८६ हजार ७०३ जना कोरोना मुक्त भएका छन भने ९ लाख ३४ हजार ४२७ एक्टिभ केशहरु रहेका छन ।