logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना सङ्क्रमण र मृत्यु सङ्ख्या घट्यो


अंकुरण खबर
689
Shares

विगत २४ घण्टामा कोरोनाबाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर मृत्यु हुनेको सङ्ख्या ८८४ रहेको छ भने अहिलेसम्म कुल १ लाख ३ हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

यो महिना (अक्टोबर) को पहिला पाँच दिनको तथ्याङ्क हेर्दा भारतमा कोरोना सङ्क्रमण तथा सङ्क्रमित बिरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।

अक्टोबर १ का दिन ८६ हजार ८२१ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको र मृत्यु १ हजार १८१ रहेकोमा अक्टोबर २ मा सङ्क्रमितको सङ्ख्या करिब पाँच हजारले कमी आई ८१ हजार ४८४ भएको थियो । त्यस्तै मृत्यु सङ्ख्यामा पनि करिब १०० ले कमी आई १ हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन सङ्क्रमितको सङ्ख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार ४७६ कायम भएको थियो भने मृत्यु सङ्ख्या १ हजार ६९ मा झरेको थियो ।

अक्टोबरमा ४ मा सङ्क्रमितको सङ्ख्यामा थप कमी आई ७५ हजार ८२९ र मृतक सङ्ख्या ९४० भयो भने अक्टोबर ५ मा सङ्क्रमितको सङ्ख्या ७४ हजार ४४२ भयो र ९०३ सङ्क्रमितको मृत्यु भयो ।

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् भने अझै पनि ९ लाख १९ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण रहेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कुल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । योमध्ये सोमबार मात्र १ लाख ८९ हजार ४०३ व्यक्तिको कोरोना परीक्षण भएको बताइएको छ । एजेन्सी