logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिग बोस चर्चित जोडी ६७ वर्षीय अनुपम र ३० वर्षकी जसलीनको बिवाह !


अंकुरण खबर
2.236K
Shares

सामाजिक सञ्जालमा भारतीय भजन सम्राट अनुपम र अभिनेत्री तथा मोडल जसलीन मथारुको केही तस्बिर भाइरल भएको छ ।

उक्त तस्बिरमा यी जोडी बिवाहको कपडामा छन् । साथै घरमै खिचिएको तस्बिर जस्तो देखिएको छ ।

यी जोडीले बिवाह गरेको हो होइन भन्ने विषयमा कुनै पनि तथ्य सार्वजनिक भएको छैन । तर सामाजिक सञ्जालमा आएको उक्त तस्बिर भने भाइरल भएको छ ।

जसमीनले आफैँ सेयर गरेको उक्त तस्बिरमा कुनै पनि क्याप्सन लेखिएको छैन । उनले इमोजी मात्र राखेकी छन् ।

यी दुईले ‘बिग बोस सिजन–१२ मा भाग लिएका थिए । उनीहरुको स्टोरीले दर्शकको मन जितेको थियो । केही पहिले उनीहरुले मिडियामा एक अर्कालाई गुरु शिष्य बताउँदै आए पनि सार्वजनिक तस्बिरले दर्शक तथा फ्यानलाई सोच्न बाध्य बनाएको छ ।