logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो


अंकुरण खबर
936
Shares

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ५३ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७४ हजार ३८३ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९१८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यता, विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ९ हजार ८५१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार ५२६ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७० हजार ३५५ संक्रमितको मृत्यु भइसकेको छ ।