logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्समा लकडाउनको तयारी शुरु


अंकुरण खबर
1.469K
Shares

फ्रान्समा फेरि लकडाउनको तयारी थालिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पुनः लकडाउनको तयारी थालिएको हो । तीन हप्तामा तीन लाख भन्दा धेरै संक्रमित देखा परेपछि सरकारले फेरि लकडाउन गर्न लागेको बताइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले होटल, रेष्टुरेण्ट र बार बन्द गर्न निर्देशन दिएको छ ।

फ्रान्समा हालसम्म ३२ हजार ७७९ जनाको मृत्यु भएको छ भने ७ लाख ४३ हजार ४७९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ लाख ८२८ जना संक्रमण मुक्त भएका छन् भने ६लाख ९ हजार ८७२ जना उपचाररत छन् । त्यस्तै १ हजार ४४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । एजेन्सी