मुम्बई – बलिउड नायिका उर्मिला मातोंडकरले मंगलबार कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । गत लोकसभा निर्वाचनमा महाराष्ट्रबाट उम्मेदवारी दिएकी थिइन् ।
उनी सो निर्वाचनमा पराजित भएकी थिइन् । उर्मिलाका अनुसार उनलाई प्रयोग गरिएको थियो, त्यसैले उनले राजीनामा दिएकी हुन् ।
कांग्रेसबाट अलग हुँदै उर्मिलाले कांग्रेसमाथि आारोपसमेत लगाएकी छिन् । उर्मिलाले मुम्बई कांग्रेसले ठूला लक्ष्यमा ध्यान दिनुको सट्टा उनलाई प्रयोग गरेर राजनीति गरिरहेको बताएकी छिन् ।
उर्मिलाले उत्तरी मुम्बईबाट लोकसभा चुनावमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी राजपा उम्मेदवार गोपाल शेट्टीसँग पराजित भएकी थिइन् ।