logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘पब्जी’ खेल्न नदिँदा छोराले बाबुको टाउको छिनाए


अंकुरण खबर
2.275K
Shares

भारतको कर्नाटकको बेलगाभी जिल्लामा एक २१ वर्षीय युवकले आफ्नै बुबालाई टाउको छिनालेर हत्या गरेका छन् । युवकका बुबाले मोबाइल भिडियो गेम ‘पब्जी’ खेल्न नदिँदा उनले आफ्नै बुबाको हत्या गरेको बताइएको छ ।

रघुवीर कुम्भर नामक ती युवकलाई पब्जी खेल्ने लत लागिसकेको थियो, जसको असर उनको अध्ययनमा परिरहेको थियो । बेलगाभी प्रहरी आयुक्त बीएस लोकेश कुुमारले युवकलाई मोबाइल गेमको लत लागिसकेको र उनले आफ्नो बुबालाई गेम खेल्नका लागि रिचार्च गर्न लगाएको बताएका छन् ।

‘यसैबीच बाबु–छोराबीच झगडा उत्पन्न भयो । त्यसपछि आमाले युवकलाई बाहिर जान भनिन् । तर, युवकले एक्कासी बुबाको खुट्टामा धारिलो हतियार प्रहार गरे । त्यसपछि युवकले आफ्नो बुबाको टाउको छिनालेको आरोप लगाइएको छ ।’ घटनाको प्रत्यक्षदर्शी रहेकी अभियुक्त युवककी आमा चिच्याउँदै बाहिर निक्लिइन्, जसपछि छिमेकीले प्रहरी बोलाए । रघुवीरलाई प्रहरीले गिरफ्तार गरेको छ ।

युवकका बुबा शेखरप्पा पूहरी विभागबाट रिटायर भएका कर्मचारी रहेको बताइएको छ । यस घटना हुनअघि नै उनले आफ्नो छोराको गेमको लतको बारेमा प्रहरीलाई सूचना दिएको बताइएको छ । एजेन्सी