पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४९८ जना कोरोना संक्रमित थपिएका छन् ।
यो अवधिमा त्यहाँ ५९४ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको छ ।
तीमध्ये हालसम्म एक लाख १५ हजार २३६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । भारतमा ६७ लाख ३० हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।
अहिले त्यहाँ सात लाख ४८ हजार ८८३ सक्रिय संक्रमित छन् । तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन् ।