logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कराँचीमा बम विस्फोट :३ जनाको मृत्यु, १५ जना घाइते


अंकुरण खबर
910
Shares

पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम विस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बम विस्फोटनका कारण अरु १५ जना घाइते भएका छन्। इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जनाएका छन्।

विस्फोटको प्रकृतिका बारेमा स्पष्ट भइसकेको छैन। मुबिनाका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम विस्फोट भएको बताएका छन्।

प्रत्यक्षदर्शीले विस्फोटबाट एक भवनका साथै केही सवारी साधनमा क्षति पुगेको बताएका छन्। अघिल्लो दिन शिरिन जिन्नाह कोलोनी नजिक बस टर्मिनलको प्रवेशद्वारमा एउटा बम विस्फोटन हुँदा केही मानिस घाइते भएका थिए।