logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लण्डनमा शाहरुख र काजोलको मूर्ति राखिने


अंकुरण खबर
1.222K
Shares

अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको मूर्ति लण्डनको लेस्टर स्क्वायरमा राखिने भएको छ ।

फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा उक्त मूर्ति राख्न लागिएको हो ।

२० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मले २५ वर्ष पुरा गरेको छ । दर्शकले निकै मनपराएको फिल्म आज पनि धेरै हेरिने गरिन्छ । मूर्ति भने अर्को वर्ष अर्थात् २०२१ मा अनावरण हुनेछ । मूर्ति फिल्म भित्रको एक दृश्यको क्रियट गरिनेछ ।

आदित्य चोपडा निर्देशित फिल्ममा शाहरुखले राज र काजोलले सिमरनको भूमिका निर्वाह गरेका थिए । शाहरुख र कोजोलको अलवा फिल्ममा अनुपम खेर, अमरिश पुरी, फरिदा जलला, सतिस शाह, मन्दिरा बेदी, परमिट सेठी र अचला सचदेवको मुख्य भुमिका रहेको थियो ।

सो समयमा चलचित्रले १०२.५ करोड भारुको आम्दानी गरेको थियो । एजेन्सी