logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

काबुलस्थित अमेरिकी दूतावासनजिक विस्फोट


अंकुरण खबर
1.196K
Shares

काबुल अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर (डल्बुटिसी) मा ११ सेप्टेम्बरमा भएको हमलाको १८औं वर्षका दिन अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासको नजिक बुधबार ठूलो विस्फोट भएको छ ।

अहिलेसम्म कुनै संगठनले विस्फोटको जिम्मा लिएको छैन । प्रत्यक्षदर्शीका अनुसार विस्फोट भएको ठाउँमा धूवाँ उडिरहेको देखिएको छ । समाचार संस्था सिन्हवाका अनुसार यो एक किसिमको रकेट ब्लास्ट हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तालिबानीसँगको शान्ति वार्ता रद्द गरिएपछि यो घटना भएको हो ।

यो वार्ता ८ सेप्टेम्बरमा कैम्प डेविडमा हुने भनिएको थियो । काबुलमा ५ सेप्टेम्बरमा भएको कार बम विस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको ज्यान गएपछि ट्रम्पले शान्तिवार्ता रद्द गरेका थिए ।