भारतको दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीले गोली हानेर भारतीय जनता पार्टी भाजपा का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन् ।
हत्या गरिएका हुसैन कुलगाम भाजपा युवा मोर्चाका महासचिव हुन् । उनीसहित उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको हत्या भएको छ । एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको हो । हुसैन कारमा कार्यकर्ताका साथ काजिगुन्डस्थित घरमा जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।
सुरक्षाकर्मीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ । द रजिस्टेन्स फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ । यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ । आक्रमणको बीजेपी नेताहरुले भत्र्सना गरेका छन् । एजेन्सी