logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारती सिंहका जोडीलाई १५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश


अंकुरण खबर
741
Shares

चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंबाचिया धरौटीमा छुटेका छन्।

मुम्बईको एक अदालतले उनीहरूलाई जनही १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरुलाई लागुऔषध अनुसन्धान ब्युरो (एनसिबी) ले अनुसन्धानका लागि पक्राउ गरेर १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो।

भारती र हर्षलाई मुम्बईको किला कोर्टले ड्रग्स केसमा न्यायिक हिरासतमा राख्ने आदेश गरेको थियो। भारती र हर्षले त्यसविरुद्ध मुम्बईको एकरएक अदालतमा आफ्नो धरौटीका लागि निवेदन दिएका थिए।

भारती र उनका श्रीमान् हर्षलाई ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको थियो। भारतीलाई कल्याण जेल र हर्षलाई टलोजा जेलमा पठाइएको थियो।

लागुऔषधको मुद्दा भएकाले धरौटीको निवेदन किला कोर्टमा परेको हो। शनिबार भारतीको घरमा एनसिबीले छापा मारेको थियो। सोधपुछका क्रममा भारतीले आफूले लागुऔषध सेवन गरेको स्वीकारेकी थिइन्। ६ घन्टा चलेको सोधपुछपछि उनीहरुलाई गिरफ्तार गरिएको थियो।

सुशान्त राजपुतको मृत्युपछि लागुऔषध मुद्दामा एनसिबीले बलिउडकर्मीमाथि छानबिन थालेको छ। रिया चक्रवर्तीपछि दीपिका पादुकोण, सारा अली खान र रकुल प्रीतसँग समेत सोधपुछ गरिएको थियो।

यस्तै, अभिनेता अर्जुन रामपालको घरमा छापामा मारिएको थियो र उनका ड्राइभरलाई गिरफ्तार गरिएको थियो।