logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पैदल यात्रुमाथि कार जोतियो, ९ हप्ते बालिकासहित पाँचको मृत्यु


अंकुरण खबर
728
Shares

पश्चिमी जर्मनीको ट्रायर शहरको ‘फुटपाथ एरिया’ मा एक कार जोतिँदा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

५१ वर्षे स्थानीय कार चालकलाई पक्राउ गरिसकिएको छ । ती चालकले उल्लेख्य मात्रामा मदिरा सेवन गरेको बताइएको छ । अधिकारीले यो घटना राजनीतिक वा धार्मिक रुपमा प्रेरित भएको हो कि भन्ने आशंकामाथि काम नगरिरहेको बताएका छन् । शहरका मेयरले उक्त घटनालाई भयानक भनेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार निकै तीबै गतिमा हुँइकिएको एसयूभीले कति पैदल यात्रुलाई हावामा समेत फालिदिएको थियो । घटना स्थानीय समयानुसार दिउँसो पौने दुई बजेको हो ।

घटनामा २५, ५२ र ७३ वर्षका तीन महिलाको ज्यान गएको छ भने ती बालिकाका ४५ वर्षे बुवाको पनि मृत्यु भएको छ । उनकी श्रीमती र उनका एक वर्षका छोरा घाइते भएका छन् । एजेन्सी