logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

उदित नारायणका छोरा आदित्यले गरे विहे


अंकुरण खबर
858
Shares

बलिउड गायक उदित नारायणका छोरा टेलिभिजन होस्ट एवं गायक आदित्य नारायणले विहे गरेका छन् ।

आदित्यले मंगलवार प्रेमिका श्वेता अग्रवालसँग मुम्बईको इस्‍कन मन्दिरमा विहे गरेका हुन् । आदित्य र श्वेता १० वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

कोरोना संक्रमण महामारीका कारण विवाह समारोहमा ५० जनामात्रै सहभागी थिए ।

२०१० मा ‘शापित’ फिल्ममा काम गर्दा उनीहरूको पहिलो पटक भेट भएको थियो । ‘शापित’ उनीहरू २ जनाको नै डेब्यु फिल्म हो । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो ।

आदित्यका अनुसार रिसेप्शन पार्टी आज राखिएको छ । ५ तारे होटलमा अमिताभ बच्चनदेखि प्रधानमन्त्री नरेन्द्र मोदीसम्म कैयौ हस्तीलाई निम्तो दिइएको छ ।