logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रूसको एक नर्सिङ होममा आगलागी, कम्तीमा ११ को मृत्यु


अंकुरण खबर
975
Shares

रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ ।

मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले बताएका छन् ।

अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५मध्ये चार जनाले भागेर ज्यान बचाएको र ११ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजधानी मस्कोदेखि एक हजार ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको इसविल्डनो गाउँमा उक्त घटना भएको हो ।

घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र आगलागी र यसमा सञ्चालकको लापर्बाहीबारे अनुसन्धान गर्न सरकारले एक समिति बनाइसकेको र थप जानकारी अनुसन्धानपछि दिन सकिने प्रहरीले बताएको छ ।